FAQs Complain Problems

समाचार

फोटो ग्यालरी

मिति २०८२/१०/०९ गते बेसीशहर नगरपालिका र नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, विभिन्‍न केवल तथा इन्टरनेट सेवा प्रदायक संस्थाहरुको प्रमुख/प्रतिनिधिहरु बीच बजार क्षेत्रमा रहेका अव्यवस्थित तारहरुलाई व्यवस्थित गर्ने सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न भयो । तार व्यवस्थापनको कार्य मिति २०८२/१०/११ गते देखि समस्या समाधान नभएसम्म हरेक दिन विहान १० बजे देखि १२ बजेसम्म नगर प्रहरी यम बहादुर अधिकारीको नेतृत्वमा सम्बन्धित केवल तथा नेटवर्किङ संस्थाका प्रतिनिधिहरु सहित गरिने निर्णय समेत भएको व्यहोरा जानकारी गराइन्छ

, , ,

"स्वस्थ जीवनको आधार, रैथाने बाली र अर्गानिक आहार"
कृषि विकास शाखाको आयोजनामा बेसीशहर नगरपालिका भित्र संचालनमा रहेका होमस्टे लक्षित २ दिने रैथाने बालिको खाध्य परिकार विविधीकरण तालिम सम्पन्न भएको छ।
तालिम अवधिमा तयार भएका विभिन्न परिकारहरु नवौं लमजुङ महोत्सव २०८२ को उद्घाटन समारोहमा प्रदर्शनीमा राखिएको थियो ।
प्रदर्शनिमा गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्री माननिय डा. टकराज गुरुङ, पुर्व स्वास्थ्य तथा जनसन्ख्या मन्त्री लगायत अतिथिगण, विभिन्न आमा समुहका सदस्यहरु, किसान, कर्मचारी, विध्यार्थी लगायत थुप्रै व्यक्तित्वहरुद्वारा अवलोकन गरिएको थियो ।

, , , , , , ,

बेसीशहर, मिति २०८२/१०/१०
बेसीशहर नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा नगरभित्रका सामुदायिक विद्यालयहरूको लेखा प्रणाली, जिन्सी व्यवस्थापन, सामाजिक परीक्षण तथा दोहोरो लेखा प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले १ दिने क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा विद्यालयको आर्थिक तथा प्रशासनिक कार्यलाई पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री बनाउने विषयमा सहजिकरण गरिएको थियो। तालिममा बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री सुमन अधिकारी, लेखा शाखा प्रमुख श्री सृजना पौडेल र  शिक्षा शाखा प्रमुख श्री सिर्जना पाण्डे चिलुवालले प्रशिक्षण तथा सहजीकरण गर्नु भएको थियो।तालिम कार्यक्रममा नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा विद्यालय कर्मचारी गरी जम्मा ५२ जनाको सहभागिता रहेको थियो। सहभागीहरूले तालिमले विद्यालय व्यवस्थापनमा देखिएका व्यवहारिक समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।नगरपालिकाले आगामी दिनमा पनि विद्यालयको शैक्षिक गुणस्तर सुधार र सुशासन प्रवर्द्धनका लागि यस्ता क्षमता विकास कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

, ,

बेसीशहर नगरपालिका स्वास्थ्य शाखाद्वारा आ.व. २०८२/२०८३ को वार्षिक स्वीकृत कार्यक्रम "प्रजनन् रुग्णता स्वास्थ्य सेवा" अन्तर्गत संचालन गरीएको एकीकृत स्क्रिनिङ शिविर सफलतापूर्वक सम्पन्न। वडा नं. १,२,३,४,५ र ११ मा आयोजित शिविरबाट १७५ जना महिलाहरू लाभान्वित भए। समयमै जाँच, परामर्श र उपचारमार्फत महिला स्वास्थ्य प्रवर्द्धनमा निरन्तर प्रतिबद्ध।

, , ,

२८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०८२
र्यालि तथा सचेतनामूलक सडक नाटक कार्यक्रम सहित सम्पन्न ।
प्रस्तुतिका लागि विद्यार्थी भाइबहिनीहरुलाई हार्दिक धन्यवाद ।

, , , , , ,

मर्स्याङ्दी करिडोर, गण्डकी प्रदेशको Socio-Economic Tour को क्रममा त्रिभुवन विश्वविद्यालय, स्कूल अफ म्यानेजमेन्ट (SOMTU) का MBA-IT तर्फका १६ जना विद्यार्थीहरू तथा संकाय सदस्य श्री सुभाष न्यौपाने ज्यू बेसीशहर नगरपालिका कार्यालय अवलोकनका लागि उपस्थित हुनुभएको थियो। यस अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायत कर्मचारीहरूसँग नगरपालिकामा ICT को प्रयोग तथा विभिन्न कार्यक्षेत्रमा यसको कार्यान्वयनबारे सार्थक छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ। यहाँहरूबाट प्राप्त सुझाव, प्रतिक्रिया तथा स्थानीय सरकारप्रतिको सकारात्मक जिज्ञासाका लागि विद्यार्थी साथीहरू र संकाय सदस्यलाई बेसीशहर नगरपालिका हार्दिक धन्यवाद व्यक्त गर्दछ।

, , ,

बेशिसहर नगरपालिका कृषि विकास शाखाको आ.व. २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम “पुरानो मौरी मिनिपकेट निरन्तरता” अन्तर्गत मिनिपकेट सञ्चालन गर्दै आएको वडा नं. ६, पुमा गाउँमा अवस्थित सफल कृषक समूहको २०८२/०९/१७ गते नगर उपप्रमुखज्यूको संयोजकत्वमा नगरस्तरीय अनुगमन गरी समूहको निर्णय बमोजिम गोला वृद्धि गर्ने उद्देश्यका साथ ८ जना कृषकलाई ५०% अनुदानमा जम्मा २३ वटा मौरीका खालीघार वितरण गरिएको छ।

,