FAQs Complain Problems

NEWS

Photo Gallery

बेसीशहर नगरपालिका पशुपंन्छी तथा मत्स्य विकास शाखाको चालु आ.व.२०८२/०८३ को बार्षिक स्वीकृत शिविर संचालन कार्यक्रम अन्तर्गत १ दिने निःशुल्क पशु स्वास्थ्य शिविर कार्यक्रम मिति २०८३ वैशाख २२ गते बेसीशहर नगरपालिका वडा नं.११ का वडा अध्यक्ष श्री शिव प्रसाद जोशीको अध्यक्षतामा बुढीकुवामा संचालन गरियो।जसमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा शाखामा कार्यरत प्राविधिक टोलीहरुबाट ७७ जना पशु पालक कृषकको बाख्रा ४०२, भैसी ६८, गाई/गोरु १३, बगुर ५, कुखुरा ४८५ र कुकुर ५ वटा गरी जम्मा ९७८ वटा पशुपंन्छीहरुलाई औषधी उपचार तथा परामर्श सेवा प्रदान गरियो ।

, , , ,

मिति २०८२ बैशाख १७ गते, आ.व. २०८२/०८३ को दोस्रो चौमासिकमा भएका विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहका विषयमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रम सफलतासाथ सम्पन्न ,

सहभागी भई आफ्ना महत्वपूर्ण सुझाव, प्रतिक्रिया तथा सहकार्यका लागि सम्पूर्ण नगरबासीप्रति हार्दिक धन्यवाद।

, , , , ,

मिति २०८२ चैत्र १८ गते सम्पन्न बेसीशहर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरू र संघीय लोक सेवा आयोग, काठमाडौँबाट सिफारिस भई आएका ब्याच ४० का शाखा अधिकृतहरु (लुम्बिनी समूह प्रशिक्षार्थी अधिकृत) बीच अन्तरक्रिया कार्यक्रम

, , , , ,

मिति २०८२/१२/१८ गते अयोजित बेसीशहर नगरपालिकाको दोस्रो चौमासिक प्रगति समीक्षा गोष्ठीको केही झलक

, , , ,

बे.न.पा.वडा नम्बर २,७र८ मा आज मिति २०८२/१२/०३ गते रोजगार सेवा केन्द्र का रोजगार संयोजक , वडा अध्यक्ष तथा वडा सचिव ज्यूहरु संग सम्बन्धित वडाहरुमा   तपसिल बमोजिमका विषय वस्तुहरुमा रहेर, अन्तरकृया , छलफल तथा स्थल भ्रमण कार्यक्रम सम्पन्न गरियो । 
तपसिल : 
    1.    आ. व २०८३/०८४ का लागि बेरोजगार दर्ता फारम  भर्ने सम्बन्धमा छलफल तथा अन्तरकृया सम्पन्न ,
    2.    बैदेशिक रोजगारीलाइ सुरक्षित , ब्यबस्थित  तथा मर्यादित बनाउने उदेश्यले गहन अभिमुखिकरण कार्यक्रम  ऐ ऐ वडाहरुको कुन स्थानमा ?कहिले ? र कसरी गर्ने बारे सम्बन्धमा छलफल ,
    3.    सुचिकृत बेरोजगारहरु  मध्यबाट न्यूनतम १०० दिनको रोजगार सम्बन्धमा आ.व. २०८२ का  लागि सम्झौता भयको आयोजनाको स्थलगत भ्रमण कार्यक्रम गरिएको सम्बन्धमा ।

, , ,

मिति २०८२/११/२६ गते सम्पन्न ११६ औँ अन्तराष्ट्रिय महिला दिवस २०८२ को अवसरमा महिला सञ्जालका प्रतिनिधिहरुको लागि आयोजित महिला अधिकार तथा महिला स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम

, , , , , ,

पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको नियमित एच.पि.भी खोप अभियान अन्तर्गत कक्षा ६ मा अध्ययनरत छात्राहरू, विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरू तथा गत वर्षको अभियानमा छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत र ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरी मिति २०८२/१०/२७ गतेदेखि २०८२/१०/२९ गतेसम्म अभियान सञ्चालन गरिएको छ। अभियानको पहिलो दिन बेसीशहर नगरपालिका भित्रका २६ वटा विद्यालयमध्ये १६ वटा खोप केन्द्रबाट १८० जना छात्राहरूले खोप सेवा लिएका छन्।

,

आज मिति २०८२ साल माघ २६ गते सोमबारका दिन बेसीशहर नगरपालिका र भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र,
लमजुङकाबीच बेसीशहर नगरपालिका क्षेत्रभित्रका सामुदायिक तथा घरपालुवा कुकुर वन्ध्याकरण अभियान सञ्चालनका लागि
समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस समझदारी अनुसार दुवै पक्षबाट दुई/दुई लाख बजेट खर्च गरिनुका साथै प्राविधिक
जनशक्ति व्यवस्थापन गरी फाल्गुण मसान्तभित्र उक्त अभियान सञ्चालन गरिने छ । यस कार्यक्रमले बेसीशहर नगरपालिका
क्षेत्रभित्र तीव्र रुपले बृद्धि भइराखेको सामुदायिक कुकुरको संख्यालाई नियन्त्रण गर्न सघाउ पुग्नेछ। यस सम्झौतामा बेसीशहर
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री सुमन अधिकारी र भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र, लमजुङका प्रमुख
डा. सुनिल न्यौपानेले हस्ताक्षर गर्नुभएको थियो भने उक्त कार्यक्रममा बेसीशहर नगरपालिकाका नगर प्रमुख श्री गुमानसिंह
अर्याल, उपप्रमुख श्री पद्मा गुरुङ तथा पशुसेवा शाखा प्रमुख श्री युवराज सुनारको समेत उपस्थिति रहेको थियो ।