FAQs Complain Problems

समाचार

Pages

बेसीशहर नगरपालिकाको वेबसाइटमा स्वागत छ

बेसीशहर नगरपालिकाको संक्षिप्त बस्तुगत विवरण : गण्डकी प्रदेश अन्तर्गत पर्ने लमजुङ जिल्लाको सदरमुकामसमेटिएको बेसीशहर नगरपालिकाजिल्लाको मध्यभागमा अवस्थित छ। लमजुङ जिल्लाका आठ वटा स्थानीय तहमध्ये अर्को जिल्लासंग सिमाना नजोडिएको एकमात्र स्थानीय तह बेसीशहर नगरपालिका हो । मनाङतथा अन्नपुर्ण पदयात्राको प्रवेशद्वारकोरुपमाचिनिनेयस नगरपालिकाको केन्द्रबेसीशहर समुद्री सतहदेखि  ९५० मिटरको उचाईमा अवस्थित  रहेको छ ।वि सं २०२८ सालमा जिल्ला सदरमुकाम कुन्छाबाट बेसीशहर सरेपछि जिल्ला सदरमुकामको रुपमा चिनिंदै र विकसित हुँदै आएको बेसीशहरको वरिपरिका साविकका गाविसहरु चिती, उदीपुर, गाउँशहर, पुरानकोट, नाल्मा, बेसीशहर, चण्डीस्थान, बाँझाखेत र बाग्लुङपानीका ५ वटा वडा तथा हिलेटक्सारको एक वडा गरी १० गाविसका भौगोलिक क्षेत्र मिलाएर बेसीशहर नगरपालिका क्षेत्र कायम गरिएको छ । यस नगरपालिकामा जम्मा ११ वटा वडा रहेका छन् । लमजुङ जिल्ला शाहवंशीय राजाको उद्गमस्थल मानिन्छ । प्रथम शाहवंशीय राजा यशोब्रह्मा शाह र त्यसपछिका शाहवंशीय राजाहरुले राज्य गरेकोगाउँशहरको लमजुङ दरबार यसै बेसीशहर नगरपालिकामा पर्दछ । सदरमुकाम बेसीशहर तथा यस वरिपरिका क्षेत्रहरु सांस्कृतिक, धार्मिक, ऐतिहासिक तथा व्यापारिकहिसावले महत्वपूर्ण रहेका छन् । 

भौगोलिकतथाप्रशासनिकअवस्थिति :

कुल क्षेत्रफल  : १२७.६४ वर्ग किमी
देशान्तर : ८४ डिग्री २० मिनेट पूर्व देखि ८४  डिग्री २६ मिनेट पूर्वी देशान्तर
अक्षांश :  २८ डिग्री ८ मिनेट उत्तरदेखि २८ मिनेट १६ मिनेट उत्तरी अक्षांश
औषत तापक्रम : २५ डिग्री सेल्सियस
हावापानी : समसितोष्ण
उचाई : रामचोक त्रिवेणीधाम ६५० मिटरदेखि पुरानकोट थाप्लो १९५८मिटरसम्म  
केन्द्र : बेसीशहर समुद्री सतहबाट ९५० मिटर
औषत वर्षा : बार्षिक २८०० मिलिमिटर

सिमाना :
पूर्वमा दोर्दी गाउँपालिका 
पश्चिममा क्व्होंलासोथरगाउँपालिका र मध्यनेपाल नगरपालिका
उत्तरमा मस्र्याङदी गाउँपालिका
दक्षिणमा सुन्दरवजार नगरपालिका

भू उपयोग सम्बन्धी विवरणः

क्र.स. विवरण क्षेत्रफल (वर्ग किमी)
कृषि क्षेत्र  ६३.७७८

वन क्षेत्र  ५७.४०९
चरन तथा घाँस क्षेत्र  ४.७१४
बलाट तथा चट्टान क्षेत्र  ०.९२५
नदिनालाले ओगटेको क्षेत्र  ०.८११
जम्मा  १२७.६४

 

जनसंख्या सम्बन्धी विवरण :
२०६८ को गणना अनुसार जिल्लाको करीव २४ प्रतिशत जनसंख्या ओगटेको यस नगरपालिकाको जनसंख्या ३९३५६ रहेको देखिन्छ ।  हाल यो संख्यामा २० प्रतिशतले बृद्धि भएको अनुमान गरिएको छ । कुल जनसंख्यामध्ये दलित १६.५, जनजाति ४४, ब्राह्मणक्षेत्री ३८, तथा मुश्लिम र अन्य गरी  १.५ प्रतिशत जनसंख्या रहेको छ । वडागत रुपमा हेर्दा कम्तिमा ११८५ देखि बढीमा ७२३४ सम्म जनसंख्या रहेको पाइन्छ । जिविस लमजुङले आर्थिक तथा सामाजिक सूचकलाई समेटी तयार गरेको सम्पन्नता स्तरीकरण प्रतिवेदन २०७० अनुसार यस नगरपालिकामा ११ प्रतिशत घरपरिवार बढी विपन्न, २० प्रतिशत विपन्न, ५७ प्रतिशत मध्यम तथा १२ प्रतिशत सम्पन्न रहेको पाइन्छ ।  औषत प्रतिवडा जनसंख्या ३५७७ रहेको छ । जनसंख्या सम्बन्धी विवरण निम्न तालिकामा प्रस्तुत गरिएको छ ।

 

जनसंख्या सम्बन्धी विवरण :

कुल जनसंख्या  ३९३५६
महिला  २१६८६
पुरुष १७६७०
परिवार संख्या  १०४२२
जनघनत्व (प्रति वर्ग किमी) २०८.६४
परिवार औसत आकार ३.८
लैगिक अनुपात ८१.४८

 

वडागत रुपमा जनसांख्यिक विवरण :

वडा न. घर परिवार संख्या जम्मा जनसंख्या
    जम्मा पुरुष  महिला 
६९८ २६९२ १२१० १४८२
९६७ ३५८३ १५३९ २०४४
७९० ३०२८ १३२० १७०८
३०१ ११८५ ५२६ ६५९
४३८ १७७९ ८२७ ९५२
६५६ २६०७ ११४८ १४५९
१९५८ ७२३४ ३३०९ ३९२५
२०४२ ७०५७ ३१९३ ३८६४
४९८ १९३२ ८२६ ११०६
१० ७७५ ३०९३ १४२४ १६६९
११ १२९९ ५१६६ २३४८ २८१८
जम्मा  १०४२२ ३९३५६ १७६७० २१६८६

 

जातजातिको आधारमा जनसंख्या विवरण :

क्र.स. विवरण प्रतिशत
जनजाति ४६.६१
ब्राह्मण / क्षेत्री ३८.०६
दलित १६.४७
मुश्लिम ०.२१
मधेसी ०.२१
अन्य ०.८६

 

धर्म अनुसार जनसंख्या : (श्रोत : के. त. वि)
हिन्दू : २७८०८        बौद्ध : ११६०९        क्रिश्चियन : ७७१    इस्लाम : ३२२        अन्य : ६
नखुलेको : २५

अपांगताको स्थिति अनुसार जनसंख्या विवरण(श्रोत : के. त. वि)
अपांगता नभएको : ३९७३८                         शारीरिक अपांगता : २७७            
दृष्टि सम्वन्धी अपांगता : ९६                          सुनाई सम्बन्धी अपांगता : १९०        
स्वरबोलाई सम्बन्धी अपांगता : १३३               मानसिक अपांगता : ४७
बौद्धिक अपांगता : २७                               श्रवणदृष्टि सम्बन्धी अपांगता : ८     
बहु अपांगता : ८३

घरको स्वामित्व अनुसार घरपरिवार विवरण (श्रोत : के. त. वि)
आफ्नै  ः ७४६५                भाडामा : २७७२               संस्थागत : ७२
अन्य : ११३                       जम्मा १०४२२

शैक्षिक संस्था सम्बन्धी विवरण :
नगरपालिका भित्र ४८ आधारभूत विद्यालय, २२ माध्यमिक विद्यालय तथा २ वटा क्याम्पस रहेको छ जसमध्ये १६ वटा नीजि विद्यालय रहेका छन् । जसलाई तल तालिकामा उल्लेख गरिएको छ । 

शैक्षिक संस्था सम्बन्धी विवरण

विवरण सामुदायिक निजि  कुल
आधारभूत (प्रावि र मावि) ४१ ४८
माध्यमिक १३ २२
क्याम्पस
जम्मा ५६ १६ ७२