मिति २०८३ जेठ १८ र १९ गते बेसीशहर नगरपालिकाको नियमन क्षेत्रभित्र रहेका सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक तथा कर्मचारीहरूका लागि आयोजित दुई दिने सहकारिता तथा सहकारी व्यवस्थापन सूचना प्रणाली (COPOMIS) सञ्चालन सम्बन्धी तालिम सम्पन्न भएको छ।
तालिममा सहभागीहरूलाई सहकारीका आधारभूत सिद्धान्त तथा COPOMIS प्रणालीको प्रयोग सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। तालिममा प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी, कम्प्युटर अपरेटर रेशम घिमिरे तथा नेफ्स्कून लमजुङका सन्देश घिमिरेले सहजीकरण गर्नुभएको थियो।
तालिमले सहकारी संस्थाहरूको अभिलेख व्यवस्थापन, तथ्याङ्क अद्यावधिक तथा सूचना प्रणालीको प्रभावकारी प्रयोगमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
समाचार
फोटो ग्यालरी
बेसीशहर नगरपालिकाको स्वास्थ्य शाखाद्वारा समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन (CB-IMNCI) कार्यक्रमअन्तर्गत स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप तथा कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यले रु. १,००,००० बजेटमा स्थलगत अनुशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो। नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय प्राथमिकता प्राप्त कार्यक्रम तथा CB-IMNCI निर्देशिका बमोजिम सञ्चालन गरिएको यस कार्यक्रमले नवजात शिशु तथा पाँच वर्षमुनिका बालबालिकामा देखिने प्रमुख स्वास्थ्य समस्याहरूको सही निदान, वर्गीकरण, उपचार तथा आवश्यक प्रेषण (Referral) प्रक्रियालाई प्रभावकारी बनाउन सहयोग पुर्याएको छ। साथै स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूको कार्यसम्पादनलाई प्रोटोकलअनुसार अद्यावधिक र गुणस्तरीय बनाउन विशेष जोड दिइएको थियो।
कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा विभाग (FWD) को परिमार्जित IMNCI Treatment Chart Booklet को आधारमा नवजात शिशु तथा बालरोग व्यवस्थापन सम्बन्धी प्रोटोकल समीक्षा, वास्तविक बिरामीको स्वास्थ्य परीक्षणमार्फत Case Management अभ्यास, स्वास्थ्यकर्मीहरूको सीप मूल्याङ्कन तथा सुधारका क्षेत्र पहिचान, एन्टिबायोटिक, जिङ्क तथा ORS को सही प्रयोग सम्बन्धी सहजीकरण, गम्भीर अवस्थाका शिशुहरूको पहिचान तथा प्रेषण प्रक्रिया सम्बन्धी अभ्यास, औषधि तथा उपकरणहरूको मौज्दात परीक्षण तथा CB-IMNCI Register मा सही अभिलेखीकरण, वर्गीकरण र रिपोर्टिङ सम्बन्धी व्यावहारिक अनुशिक्षण सञ्चालन गरिएको थियो।
कार्यक्रम निम्न स्वास्थ्य संस्थाहरूमा सञ्चालन गरिएको थियोः
• उदिपुर स्वास्थ्य चौकी : २०८२/१२/०५ देखि २०८२/१२/०६ सम्म
• चितिथला स्वास्थ्य चौकी : २०८२/१२/०९ देखि २०८२/१२/१० सम्म
• धुरपुरे शहरी स्वास्थ्य केन्द्र : २०८२/१२/१६ देखि २०८२/१२/१७ सम्म
• नाल्मा स्वास्थ्य चौकी : २०८२/१२/२४ देखि २०८२/१२/२५ सम्म
• पुरानोकोट स्वास्थ्य चौकी : २०८३/०१/०४ देखि २०८३/०१/०५ सम्म
• चण्डिस्थान स्वास्थ्य चौकी : २०८३/०१/०७ देखि २०८३/०१/०८ सम्म
• भकुण्डे शहरी स्वास्थ्य केन्द्र : २०८३/०१/१४ देखि २०८३/०१/१५ सम्म
कार्यक्रमबाट प्राप्त प्रमुख उपलब्धिहरू निम्नानुसार रहेका छन्:
• सहभागी स्वास्थ्यकर्मीहरूको IMNCI प्रोटोकल अनुसार बिरामी जाँच, वर्गीकरण तथा उपचार गर्ने ज्ञान, सीप र आत्मविश्वासमा वृद्धि भएको।
• नवजात शिशु तथा पाँच वर्षमुनिका बालबालिकामा देखिने कडा निमोनिया, झाडापखाला, कुपोषण तथा अन्य संक्रमणहरूको समयमै व्यवस्थापन गर्ने क्षमता सुदृढ भएको।
• जटिल अवस्थाका शिशु तथा बालबालिकाहरूलाई समयमै पहिचान गरी माथिल्लो तहको स्वास्थ्य संस्थामा प्रेषण गर्ने प्रक्रिया थप प्रभावकारी बनेको।
• CB-IMNCI Register लगायतका अभिलेख तथा प्रतिवेदन प्रणालीमा देखिएका प्राविधिक त्रुटिहरू स्थलगत रूपमा सुधार भई रेकर्डिङ तथा रिपोर्टिङको गुणस्तर अभिवृद्धि भएको।
• स्वास्थ्य संस्थाहरूमा उपलब्ध औषधि तथा उपकरणहरूको अवस्थाबारे समीक्षा गरी सेवाप्रवाहलाई थप प्रभावकारी बनाउन सहजीकरण गरिएको।
समग्रमा, कार्यस्थलमै आधारित यो स्थलगत अनुशिक्षण कार्यक्रम स्वास्थ्यकर्मीहरूको व्यावहारिक क्षमता अभिवृद्धि, सेवा गुणस्तर सुधार तथा बाल स्वास्थ्य सेवाको प्रभावकारी व्यवस्थापनका दृष्टिले उपलब्धिमूलक र प्रभावकारी रहेको पाइयो। आगामी दिनमा स्वास्थ्य सेवाको गुणस्तरलाई दिगो रूपमा कायम राख्न नियमित पुनर्ताजगी तालिम, स्थलगत अनुगमन तथा प्राविधिक सहजीकरण कार्यक्रमहरू सञ्चालन गरिने योजना रहेको छ।
बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा समारोह–२०८३ सम्पन्न
बेसीशहर नगरपालिका वडा नं. ३ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको अवसरमा आयोजित “बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा समारोह–२०८३” सफलतापूर्वक सम्पन्न भएको छ।
बालबालिकाको अधिकार, सुरक्षा, सहभागिता, विकास तथा संरक्षण सुनिश्चित गर्दै बालमैत्री वातावरण निर्माण गर्ने उद्देश्यका साथ आयोजित यस कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघ–संस्था, सरोकारवाला निकाय, अभिभावक, बालबालिका तथा स्थानीय नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
यस महत्वपूर्ण उपलब्धि हासिल गर्न सहयोग पुर्याउनुहुने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, साझेदार संस्था, समुदाय तथा नागरिकप्रति हार्दिक आभार व्यक्त गर्दछौं। आगामी दिनमा पनि बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखी अझ जिम्मेवार र बालमैत्री समाज निर्माणमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्दछौं।
'प्रसुती स्याहार घरभेट कार्यक्रम' को समीक्षा तथा योजना गोष्ठी सम्पन्नबेसीशहर नगरपालिका स्वास्थ्य शाखाको आ.व २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार आज मिति २०८३/०२/१५ मा एक विशेष गोष्ठी सम्पन्न भएको छ।नगर उपप्रमुख श्री पद्म गुरुङ ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री सुमन अधिकारी ज्यू, र स्वास्थ्य शाखा प्रमुख श्री मनोज सिंह बोहरा ज्यूको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो। उक्त गोष्ठीमा नगरपालिका अन्तर्गतका १२ वटा स्वास्थ्य संस्थाका प्रमुखहरू तथा कार्यरत सम्पूर्ण नर्सिङ कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो।कार्यक्रममा प्रसुती स्याहार घरभेट कार्यक्रमको समीक्षा गर्दै आगामी दिनमा आमा र शिशुको स्वास्थ्यलाई थप प्रभावकारी बनाउने योजनाहरूका बारेमा गहन छलफल गरियो।
मिति २०८३/०२/१३ गते बेसीशहर नगरपालिकाको अनुगमन समितिबाट वडा नं. ५ अन्तर्गत सञ्चालित सितलेस्वाँरा–ज्यार्खङ्ग डमरुसम्मको बाटो स्तरोन्नति आयोजना, वडा नं. २ अन्तरगत माझगाउँ टोल बाटो तथा कुलो निर्माण आयोजना, साथै पशु शाखामार्फत कार्यान्वयन भएका वडा नं. २ काे वाख्रा गोठ सुधार कार्यक्रम र होमस्टे लोकल कुखुरा प्रवर्द्धन कार्यक्रमको स्थलगत अनुगमन सम्पन्न गरिएको छ । अनुगमनका क्रममा योजनाहरूको प्रगति, गुणस्तर, प्रभावकारिता तथा स्थानीय सहभागिताको अवस्था अवलोकन गरी आवश्यक सुझाव तथा निर्देशन प्रदान गरिएको छ ।
बेसीशहर नगरपालिकाको आयोजनामा गणतन्त्र दिवस २०८३ को अवसरमा आज मिति २०८३/०२/१४ गते बेसीशहर नगरपालिका वडा नं. २ स्थित आदर्श महिला तथा बालबालिका केन्द्रमा आश्रित बालबालिकालाई स्टेशनरी तथा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नगर उपप्रमुख पद्म गुरुङ, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाल, बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी, प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेत, सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म लमजुङका सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारी, बेसीशहर नगरपालिकाका कार्यक्रम अधिकृत मेघेन्द्र पोख्रेल, स्वास्थ्य शाखा प्रमुख मनोज सिंह बोहरा, महिला तथा बालबालिका शाखा प्रमुख दुर्गा गुरुङ, कम्प्युटर अपरेटर रेशम घिमिरे तथा केन्द्रका सचिव हुमार गुरुङ लगायतको सहभागिता रहेको थियो।
हाल उक्त केन्द्रमा ९ जना बालबालिका आश्रित रूपमा बसोबास गर्दै आएका छन्।
बेसीशहर नगरपालिकाले आदर्श महिला तथा बालबालिका केन्द्रमा समय–समयमा विभिन्न सहयोगमूलक तथा सामाजिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको जनाएको छ।
उध्धमशिलता बिकास तालिमको आज सातौ तथा समापन दिन
प्रशिक्षक : श्री अन्जु राना
पहिलो सेसनमा प्रशिक्षक ज्यू द्वारा आयमूलक स्रोत , व्यवसायका प्रकार डिजिटल प्रवर्द्धन तथा बजारीकरण बिषयमा रहेर प्रशिक्षण गराउनु भयको थियो भने
कार्यक्रमको दोस्रो सेसन अन्तर्गत आज बेसीशहर न पा उपप्रमुख श्रदेय श्री पद्मा गुरुङज्यू को अध्यक्षतामा उक्त कार्यक्रमको समापन गरियको छ ।
पहिलो सेसनको बिचको समयमा आर्थिक पारदर्शितालाइ आत्मासाथ र मध्यनजर गर्दै कार्यक्रमको बजेट शिर्षकको रकम र खर्च बिबरणलाइ उपस्थित सहभागी साथिहरुको बिचबाटनै प्रमाणित समेत गरिएको थियो ।
समापन सत्रमा सहभागिहरुको तर्फबाट राजेन्द्र केसी ज्यूले आफ्नो मन्वब्य राख्नु भयको थियो भने मन्तब्यमा अपेक्षा भन्दा कैयौ गुना बढी ज्ञान पायको जानकारी गराउनु भयको थियो , यसै गरि उध्योग बाणिज्य संघ लमजुङका अध्यक्ष भरत श्रेष्ठ ज्यूले पनि आफ्नो भनाइहरु राख्नु भयको थियो ।
कार्यक्रममा प्रथम हुने समुहलाइ उपमेयर ज्यूले पुरस्कृत गर्नु भयको थियो र सहभागिहरुलाइ प्रमाण पत्र तथा उत्कृष्ठ २ सहभागीहरु
राजेन्द्र के सी र नारायण खड्का ज्यूलाइ प्रशंशा पत्र समेत बितरण गरियको छ ।
सहयोगी संस्थाहरु जिल्ला प्रशासन कार्यालय लमजुङ , उध्योग बाणिज्य संघ , गांउ सहर कालिका सप्लायर्स , लमजुङ इको ब्लक उध्योग, प्राइम कमर्सियल बैक लिमिटड, डिभिजन बन कार्यालय , आदर्श युवा क्लब ,सहजि बस पार्क समिति , एकिकृत सेवा कार्यालय लमजुङ र कोष तथा लेखा नियन्त्रक कार्यालय जस्ले स्थलगत भ्रमणमा अतुलनिय साथ र सहयोग प्रदान गर्नु भयको थियो आयोजक कमिटि को तर्फबाट बेसीशहर न पा उप मेयर ज्यूले हार्दिक आभार, धन्यवाद ब्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोग प्राप्त हुने बिश्वास राख्दै कार्यक्रमलाइ बिधिवत रुपमा समापन गर्नुभयको थियो ।
सबै सबैमा धन्यवाद ।
बेसीशहर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा "महिनावारीमैत्री समाजका लागि सहकार्य" भन्ने नाराका साथ महिनावारी स्वच्छता दिवस मनाइयो। दिवसको अवसरमा बेसीशहर-१ स्थित जनकल्याण मा.वि. र बेसीशहर-६ स्थित गंगा मिलन मा.वि.मा विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। सचेतना नै परिवर्तनको पहिलो पाइला हो!
मिति २०८२/१२/२३ देखी २०८३/०२/०६ सम्म बेसीशहर नगरपालिकाद्वारा आयोजित युवा सीप बिकास कार्यक्रम अन्तर्गत युवाहरुलाइ लक्षित गरि ४५ दिने हलुका सवारीचालक(Driving) सम्बन्धी सीप बिकास तालिम सम्पन्न भएको छ। उक्त तालिममा ४७ जना युवाहरुले सक्रिय सहभागिता जनाएका थिए भने तालिमको क्रममा ५ जना सहभागिले सवारी चालक अनुमति पत्र समेत प्राप्त गरेका छन् । तालिमलाई व्यवस्थित एवं प्रभावकारी रूपमा सञ्चालन गर्न Lamjung Kalika Driving Institute तथा Motherland Driving Training Center ले सहजीकरण गरेका थिए।
मिति २०८३/०१/२४ देखी २०८३/०१/३० सम्म बेसीशहर नगरपालिका वडा नं. ३ मा आयोजित गरिबि निवारणका लागि लघुउद्यम बिकास कार्यक्रम(MEDPA) अन्तर्गत मौरीपालन सम्बन्धी प्राविधिक सीप बिकास तालिम सफलापूर्वक सम्पन्न भएको छ । उक्त तालिम पश्चात सहभागि १२ जना लघुउद्यमीहरुलाई व्यवसाय सुरु गर्नका लागि आवश्यक गोला सहितको मौरीघार र अन्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।
- 1 of 12
- next ›