समाचार
४५ दिने हलुका सवारीचालक(Driving) सम्बन्धी सीप बिकास तालिम
मिति २०८२/१२/२३ देखी २०८३/०२/०६ सम्म बेसीशहर नगरपालिकाद्वारा आयोजित युवा सीप बिकास कार्यक्रम अन्तर्गत युवाहरुलाइ लक्षित गरि ४५ दिने हलुका सवारीचालक(Driving) सम्बन्धी सीप बिकास तालिम सम्पन्न भएको छ। उक्त तालिममा ४७ जना युवाहरुले सक्रिय सहभागिता जनाएका थिए भने तालिमको क्रममा ५ जना सहभागिले सवारी चालक अनुमति पत्र समेत प्राप्त गरेका छन् । तालिमलाई व्यवस्थित एवं प्रभावकारी रूपमा सञ्चालन गर्न Lamjung Kalika Driving Institute तथा Motherland Driving Training Center ले सहजीकरण गरेका थिए।