समाचार
सहकारिता तथा सहकारी व्यवस्थापन सूचना प्रणाली (COPOMIS) सञ्चालन सम्बन्धी तालिम
मिति २०८३ जेठ १८ र १९ गते बेसीशहर नगरपालिकाको नियमन क्षेत्रभित्र रहेका सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक तथा कर्मचारीहरूका लागि आयोजित दुई दिने सहकारिता तथा सहकारी व्यवस्थापन सूचना प्रणाली (COPOMIS) सञ्चालन सम्बन्धी तालिम सम्पन्न भएको छ।
तालिममा सहभागीहरूलाई सहकारीका आधारभूत सिद्धान्त तथा COPOMIS प्रणालीको प्रयोग सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। तालिममा प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी, कम्प्युटर अपरेटर रेशम घिमिरे तथा नेफ्स्कून लमजुङका सन्देश घिमिरेले सहजीकरण गर्नुभएको थियो।
तालिमले सहकारी संस्थाहरूको अभिलेख व्यवस्थापन, तथ्याङ्क अद्यावधिक तथा सूचना प्रणालीको प्रभावकारी प्रयोगमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।