FAQs Complain Problems

समाचार

Pages

बेसीशहर नगरपालिकाको पहिलो बैठकको निर्णय : प्रत्येक वडामा सडकदेखि हेलिप्याड बनाउनेसम्म

लमजुङ । बेसीशहर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुको पहिलो बैठक सोमबार सम्पन्न भएको छ । निर्वाचित भएको करिब डेढ महिनापछि बसेको पहिलो बैठकले प्रत्येक वडाहरुका सडक सञ्जाल जोडेर यातायात सुचारु गर्नुका साथै हेलिप्याड निर्माण गर्नेसम्मका निर्णयहरु गरेको छ ।

जनप्रतिनिधहरुको पहिलो बैठकले केहि दीर्घकालिन र केही अल्पकालिन योजना कार्यन्वयनका निर्णयहरु गरेको छ । विभिन्न २५ बुँदाका निर्णयहरु पत्रकारहरुमाझ सार्वजनिकरण गर्दै नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले पञ्चबर्षिय रणनीतिक गुरुयोजना निर्माण गरि नगरपालिकाको काम अघि बढाइने बताउनुभयो । उहाँले केही समयमा नै नगर सभा बस्ने र त्यसपछि दीर्घकालिन र अल्पकालिन कार्यहरु छुट्टाएर काम गर्ने बताउनुभयो ।

पहिलो बैठकले नगरपालिका भित्र रहेका सडक सञ्चालन, फोहरमैला ब्यवस्थापन, सरसफाई, हरियाली निर्माण, सडक क्षेत्र उज्यालो बनाउनेदेखि बालश्रम मुक्त गर्नेसम्मका निर्णयहरु गरेका छन । नगरपालिका प्रमुख गुमानसिंह अर्यालयको अध्यक्षतामा बसेको बैठकमा उपप्रमुख लक्ष्मी अधिकारीसहित सबै वडाका अध्यक्ष, गाउँपालिका सदस्यहरु, कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडलको उपस्थिति रहेको कार्यक्रम अधिकृत सन्तोष दनाईले जानकारी दिनुभयो ।

यस्ता छन नगरपालिकाका निर्णयहरु

  • उपयुक्त जग्गाको खोजी गरी नगरपालिका कार्यालयको लागि भवन निर्माणको प्रक्रिया थालनी गरिनेछ ।
  • ५ बर्ष भित्र उपयुक्त जग्गाको खोजी गरी स्थायी ल्याण्डफिल्ड साईडको व्यवस्था गरि बेसीशहर नगरपालिकालाई स्वच्छ सफा र वातावरणमैत्री शहर बनाइनेछ ।
  • सबै वडा कार्यालयहरुबाट सदरमुकामसम्म यातायात व्यवस्थालाई सहज र सुचारु गर्न यातायात व्यवसायीसँग समन्वय गरि यातायातका साधनहरु सञ्चालनमा जोड दिइनेछ ।
  • आगामी आर्थिक वर्षमा २०७४/०७५ मा बजार क्षेत्रमा सौर्य सडक बत्ति जडान गरिनेछ ।
  • बाढी पहिरोले क्षति पु¥याएमा चालु सडकहरुलाई तुरुन्त सुचारु गर्न विशेष कोषको व्यवस्था गरिनेछ ।
  • आगामी आर्थिक बर्ष २०७४/०७५ मा स्वास्थ्य केन्द्रहरुको पहुँचबाट टाढा रहेको स्थानहरु आवश्यकता अनुसार निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।
  • बेसीशहरदेखि गाउँशहर कालिका मन्दिर, लमजुङ दरबारसम्मको सिंढी निर्माणकार्य जनसहभागिता र नगरपालिकाको संयुक्त लगानीमा पाँच बर्षभित्र सम्पन्न गरिनेछ ।
  • नगरपालिका भित्रका सबै वडा कार्यालयसम्म तथा मुल सडकहरुमा बाह्रै महिना निर्वाध रुपमा सडक सञ्चालनमा जोड दिइनेछ ।
  • गत बर्षको नगर परिषदद्धारा स्वीकृत भएका तर हालसम्म सम्झौता नभएका तथा कार्य अगाडी नबढाइएका योजनाहरुलाई योजनान्तर गरिनेछ । योजनान्तर गर्दा अधुरा तथा जोखिममा रहेका आयोजना र अति आवश्यक देखिएका आयोजनाहरुलाई छनौट तथा सम्झौता गरी कार्यन्वयन गरिनेछ ।
  • सडक मापदण्ड पुरा भएका सडकहरुमा फुल फुल्ने रुख विरुवा रोपी सडकलाई हरियाली र सुन्दर नगर बनाइनेछ ।
  • झिङ्गेखोला, मनाङ्गे चौतारामा रहेको सार्वजनिक शौचालयलाई यथासिघ्र सुचारु गरि प्रयोगमा ल्याइनेछ ।
  • नगर परिषदद्धारा स्वीकृत मापदण्ड भन्दा विपरित बनाइएका होडिङबोर्डहरु तुरुन्त हटाइनेछ । र बाँकी रहेका होडिङबोर्डहरुलाई करको दायरामा ल्याइनेछ ।
  • बजार क्षेत्र भित्रका सडक तथा सडक पेटीमा राखिएका सामाग्रीहरु तुरुन्त हटाउनको लागि उद्योग बाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र अन्य सरोकारवालाहरुसँग समन्वय गरि बजारलाई व्यवस्थित गरिनेछ ।
  • बेसीहर नगरपालिकामा बालश्रम न्युनिकरण गर्दै बालश्रममुक्त बनाइनेछ ।
  • मेट्रिक सिष्टममा साविकका बेसीशहर गाविसमा रहेका घरहरुमा घर नम्बर कायम गरिनेछ ।
  • आगामी शैक्षिक शत्र देखि सर्वहारा र कुनै संघसंस्थाबाट संरक्षण नगरिएका बालबालिकाहरुलाई आवश्यक शिक्षा सामाग्री तथा पोषाक, सामुदायिक विद्यालय शुल्क व्यवस्थापन गरी विद्यालय जाने वातावरण बनाइनेछ ।
  • असहाय र एकल महिलाहरुको आयआर्जन गर्नको लागि क्षमता विकास तथा सिपमूलक तालिम सञ्चालन गरिनेछ । सो सिपसँग सम्बन्धित सामाग्री निशुल्क वितरण गरिनेछ ।
  • जनप्रतिनिधिहरुको अगुवाईमा हरेक महिनाको पहिलो शुक्रबार विहान ७ बजेबाट सरोकारवालाहरुसँग समन्वय गरी नगर सरसफाई कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • गाउँशहर भकुण्डेदेखि चिसापानी जाने सडकको विचविच भागमा पर्ने ४ वटा र बेसीशहर तुलसीहोम होटलदेखि चण्डिस्थान जाने नमुना सडकमा पर्ने ३ वटा विजुलीका पोल सडकबाट हटाउनको लागि लमजुङ विद्युत उपभोक्ता समितिलाई अनुरोध गर्ने निर्णय गरिन्छ ।
  • जिल्ला बन तथा भू–संरक्षण कार्यालयहरुसँग समन्वय गरी नगर भित्रका खाली रहेको ठाउँमा बृक्षरोपण गर्ने कार्यक्रम ल्याइनेछ ।
  • नगरपालिका भित्र रहेका ऐतिहाँसिक, साँस्कृतिक र धार्मिक धरोहरहरुको. संरक्षण गर्दै आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिइनेछ ।
  • नगर गुरुयोजना एक बर्ष भित्रै तयार गरी कार्यन्वयनमा ल्याइनेछ ।
  • बेसीशहर नगरपालिका भित्र रहेका पर्यटकीय स्थलहरुको पहिचानसहित ब्रोसर तयार गरी व्यापक प्रचारप्रसार गरिनेछ ।
  • नगरपालिकाबाट हुने हरेक गतिविधीहरुलाई नागरिक समक्ष जानकारी गराउनका लागि सञ्चार माद्यम तथा सञ्चारकर्मीहरुसँग समन्वय गरिनेछ ।
  • नगरापालिका भित्रका प्रत्येक वडाहरुमा एक एक वटा हेलिप्याड निर्माण गरिनेछ ।