समाचार
त्रिभुवन विश्वविद्यालय, स्कूल अफ म्यानेजमेन्ट (SOMTU) बाट Socio-Economic Tour को क्रममा बेसीशहर नगरपालिकाको कार्यलय अवलोकन ।
मर्स्याङ्दी करिडोर, गण्डकी प्रदेशको Socio-Economic Tour को क्रममा त्रिभुवन विश्वविद्यालय, स्कूल अफ म्यानेजमेन्ट (SOMTU) का MBA-IT तर्फका १६ जना विद्यार्थीहरू तथा संकाय सदस्य श्री सुभाष न्यौपाने ज्यू बेसीशहर नगरपालिका कार्यालय अवलोकनका लागि उपस्थित हुनुभएको थियो। यस अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायत कर्मचारीहरूसँग नगरपालिकामा ICT को प्रयोग तथा विभिन्न कार्यक्षेत्रमा यसको कार्यान्वयनबारे सार्थक छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ। यहाँहरूबाट प्राप्त सुझाव, प्रतिक्रिया तथा स्थानीय सरकारप्रतिको सकारात्मक जिज्ञासाका लागि विद्यार्थी साथीहरू र संकाय सदस्यलाई बेसीशहर नगरपालिका हार्दिक धन्यवाद व्यक्त गर्दछ।