बेशिसहर नगरपालिका कृषि विकास शाखाको आ.व. २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम “पुरानो मौरी मिनिपकेट निरन्तरता” अन्तर्गत मिनिपकेट सञ्चालन गर्दै आएको वडा नं. ६, पुमा गाउँमा अवस्थित सफल कृषक समूहको २०८२/०९/१७ गते नगर उपप्रमुखज्यूको संयोजकत्वमा नगरस्तरीय अनुगमन गरी समूहको निर्णय बमोजिम गोला वृद्धि गर्ने उद्देश्यका साथ ८ जना कृषकलाई ५०% अनुदानमा जम्मा २३ वटा मौरीका खालीघार वितरण गरिएको छ।
NEWS
Photo Gallery
बेसीशहर नगरपालिकाको चालु आ.व.२०८२्/०८३ को प्रथम चौमासिक प्रगति समिक्षा गोष्ठी २०८२ पुस ६ गतेका
दिन सम्पन्न भएको छ । प्रमुख प्रशासकीय अधिकृत श्री सुमन अधिकारीको अध्यक्षतामा तथा नगर प्रमुख
गुमानसिंह अर्याल र उप प्रमुख पद्मा गुरुङको विशेष उपस्थितिमा भएको उक्त गोष्ठीमा वडाध्यक्षहरु,
कार्यपालिका सदस्यहरु तथा शाखा प्रमुख कर्मचारीहरु गरी जम्मा ३४ जनाको सहभागिता रहेको थियो ।
गोष्ठीमा १५ जना शाखा प्रमुखहरुले आ आफ्नो शाखासंग सम्बन्धित प्रगति विवरण लगायत मुख्य मुख्य
उपलब्धी तथा समस्या र चुनौतीहरु र समस्या समाधानका लागि गरिएका प्रयासहरुमा जोड दिई प्रस्तुतीकरण
गर्नु भएको थियो। नगरपालिकाको सभाहलमा भएको उक्त कार्यक्रममा समस्या समाधानमा जोड दिई दोश्रो
चौमासिक अवधीमा अझ प्रभावकारी तवरबाट कार्य गर्ने निर्णय भएको थियो ।
- ‹ previous
- 2 of 10
- next ›