FAQs Complain Problems

NEWS

Pages

सूचना सूचना सूचना

बेसीशहर नगरपालिकाको वजार अनुगमन तथा वजार ब्यवस्थापन सम्बन्धी अन्यन्त जरुरी सूचना

१। जिल्ला भित्र तथा वाहिरी जिल्लाहरुबाट आएका सबै सवारी साधनहरुले मजुवा खोला पार गरेपछि बाँयाँतर्फ सेरा जाने र दायाँतर्फ दनाई फाँट जाने दुवैतर्फको बाटो प्रयोग गर्न सकिने र मालवहाक सवारी साधनहरुले विहान ९ः०० देखि १०ः३० सम्म र बेलुकी ३ः०० देखि ५ः३० बजेसम्म वजार क्षेत्रमा प्रवेश नगर्ने नगराउने ।
२। यात्रुवाहक सवारी साधनहरुले यात्रुहरु ओराल्दा मुख्य चोकहरु वा तोकिएको स्थान वाहेक अन्यत्र स्थानमा सवारी साधन नरोक्ने । कुनै पनि सवारी साधनहरु सडक किनारामा नराखी अनिवार्य रुपले बसपार्क वा तोकिएको स्थानमा पार्किङ्ग गर्ने ।
३। बेसीशहर क्षेत्रबाट मनाङ्ग जिल्ला प्रवेश गर्ने पर्यटक बोकेका निजी तथा सार्वजनिक सवारी साधनहरुले सडक मार्ग र दुर्गघटनालाई मध्यनजर राखी बेलुकी ५ः०० बजेदेखि विहान ६ः०० सम्म नछुट्ने नछुटाउने ।
४। साना सवारी
५। वजार क्षेत्र र सडकलाई अवरोध पुग्ने गरी सडक छेउ तथा अन्यत्र सार्वजनिक स्थानहरुमा अनुमति विना राखिएका होडिङ बोर्ड, फ्लेक्स प्रिन्ट, सूचना पाटी वा अन्य बोर्डहरु तुरुन्त हटाउने ।
६। सडक पेटी तथा नालीलाई प्रयोग गरी राखिएका सबै किसिमका विक्रीका सामानहरु तुरुन्त हटाउने ।
७। कुनै पनि ब्यवसायीहरुले पुराना, मिति सकिएका, बासी झिंगा भन्किएका खाद्यवस्तु, खरिद वील नभएका, मूल्य सूची नभएका, कुनै पनि लेभल नखुलेका, दर्ता प्रकृयामा नखुलेका तथा अनधिकृत सामानहरु विक्री वितरण नगर्ने नगराउने ।
८। कतिपय भारतीय नागरिकहरुबाट संचालन भएका ब्यवसायहरु अन्य ब्यक्तिको नाममा दर्ता गरी संचालन भएको पाइएकोले भारत तथा अन्य विदेशी नागरिकहरुले ब्यवसाय संचालन गर्दा अनिवार्य रुपले सम्बन्धित देशको राजदुतावासको आधिकारिक पत्रसहित कार्यालयमा सम्पर्क गरी ब्यवसाय दर्ता तथा नवीकरण गर्ने ।
९। अन्यत्र निकायमा दर्ता भएका सम्पूर्ण ब्यवसायहरु अनिवार्य रुपमा बेसीशहर नगरपालिकामा सूचिकृत गर्नुपर्ने
ब्यवस्था भएबमोजिम अनिवार्य रुपमा आफ्नो ब्यवसाय सूचिकृत गर्नुहुन अनुरोध छ । नयाँ ब्यवसाय सूचिकृतमा आगामी आश्विन मसान्तसम्म १०% छुट र गत वर्षदेखिको नवीकरणमा लाग्ने सबै जरिवाना छुट गरिएकोले समयमै आफ्नो ब्यवसाय सूचिकृत तथा नवीकरण गर्नु हुन जानकारी गराइन्छ ।
१०। कुनै पनि निकायमा दर्ता तथा सूचिकृत नगरी ब्यवसाय सञ्चालन गर्ने र दिइएको निर्देशन पालना नगर्ने ब्यवसायीहरुलाई ब्यवसाय बन्द तथा जरिवाना समेत गर्न सकिने भएकोले सम्पूर्ण ब्यवासयीहरुले अनिवार्य रुपले आफ्नो ब्यवसाय दर्ता तथा सूचिकृत गर्नु गराउनु हुन यो सूचना प्रशारण गरिएको छ ।

बेसीशहर नगरपालिका
लमजुङ