NEWS
बजार क्षेत्रमा रहेका अव्यवस्थित तारहरुलाई व्यवस्थित गर्ने सम्बन्धमा छलफल कार्यक्रम
मिति २०८२/१०/०९ गते बेसीशहर नगरपालिका र नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, विभिन्न केवल तथा इन्टरनेट सेवा प्रदायक संस्थाहरुको प्रमुख/प्रतिनिधिहरु बीच बजार क्षेत्रमा रहेका अव्यवस्थित तारहरुलाई व्यवस्थित गर्ने सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न भयो । तार व्यवस्थापनको कार्य मिति २०८२/१०/११ गते देखि समस्या समाधान नभएसम्म हरेक दिन विहान १० बजे देखि १२ बजेसम्म नगर प्रहरी यम बहादुर अधिकारीको नेतृत्वमा सम्बन्धित केवल तथा नेटवर्किङ संस्थाका प्रतिनिधिहरु सहित गरिने निर्णय समेत भएको व्यहोरा जानकारी गराइन्छ