लमजुङ । बेसीशहर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुको पहिलो बैठक सोमबार सम्पन्न भएको छ । निर्वाचित भएको करिब डेढ महिनापछि बसेको पहिलो बैठकले प्रत्येक वडाहरुका सडक सञ्जाल जोडेर यातायात सुचारु गर्नुका साथै हेलिप्याड निर्माण गर्नेसम्मका निर्णयहरु गरेको छ ।
निजि आवास पुन निर्माण सम्बन्धी लाभग्राहीको नामावलीमा समावेश भएका भुकम्प पिडितहरुले निजि आवास पुन निर्माणको अनुदान सम्झौताको लागि निम्न कागजात सहित वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ ।
यस नगरपालिकाको पदपूर्ति समितिको मिति २०७२/०९/२७ को निर्णयानुसार निम्नानुसारको पदहरु खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाद्धारा स्थायी पदपूर्तिका लागि निम्न बमोजिम योग्यता पुगेका उम्मेदवारहरुबाट पदपूर्ति समितिको सचिवालय, लमजुङद्धारा तोकिएको ढाँचाको दरखास्त फारमको आव्हान गरिन्छ ।
यस वेसीशहर नगरपालीकाको आ.व ०७३÷७४ को लागी वार्षिक नगर विकास योजना छनौट तथा तर्जुमा गर्न निम्न मिति, समय र स्थानहरुमा वडास्तरिय भेला संचालन हुन लागेको हुँदा सो भेलामा उपस्थित भई दिनु हुन राजनैतिक दल, वडा नागरिक मञ्च, टोल विकास समिति, समाजसेवी वुद्धिजिवी लगाएत सम्वन्धित सरोकारवलाहरुमा जानकारीको लाग