बेसीशहर नगरपालिका वडा नं. ४ र ९ का केही आयोजनाहरु सम्पन्न भए पश्चात बेसीशहर नरपालिकाकाे अनुगमन समितिवाट अनुगमन गर्दै
समाचार
फोटो ग्यालरी
बेसीशहर नगरपालिका पशुपंन्छी तथा मत्स्य विकास शाखाको चालु आ.व.२०८२/०८३ को बार्षिक स्वीकृत शिविर संचालन कार्यक्रम अन्तर्गत १ दिने निःशुल्क पशु स्वास्थ्य शिविर कार्यक्रम मिति २०८३ वैशाख २२ गते बेसीशहर नगरपालिका वडा नं.११ का वडा अध्यक्ष श्री शिव प्रसाद जोशीको अध्यक्षतामा बुढीकुवामा संचालन गरियो।जसमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा शाखामा कार्यरत प्राविधिक टोलीहरुबाट ७७ जना पशु पालक कृषकको बाख्रा ४०२, भैसी ६८, गाई/गोरु १३, बगुर ५, कुखुरा ४८५ र कुकुर ५ वटा गरी जम्मा ९७८ वटा पशुपंन्छीहरुलाई औषधी उपचार तथा परामर्श सेवा प्रदान गरियो ।
मिति २०८२ बैशाख १७ गते, आ.व. २०८२/०८३ को दोस्रो चौमासिकमा भएका विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहका विषयमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रम सफलतासाथ सम्पन्न ,
सहभागी भई आफ्ना महत्वपूर्ण सुझाव, प्रतिक्रिया तथा सहकार्यका लागि सम्पूर्ण नगरबासीप्रति हार्दिक धन्यवाद।
मिति २०८२ चैत्र १८ गते सम्पन्न बेसीशहर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरू र संघीय लोक सेवा आयोग, काठमाडौँबाट सिफारिस भई आएका ब्याच ४० का शाखा अधिकृतहरु (लुम्बिनी समूह प्रशिक्षार्थी अधिकृत) बीच अन्तरक्रिया कार्यक्रम
मिति २०८२/१२/१८ गते अयोजित बेसीशहर नगरपालिकाको दोस्रो चौमासिक प्रगति समीक्षा गोष्ठीको केही झलक
बे.न.पा.वडा नम्बर २,७र८ मा आज मिति २०८२/१२/०३ गते रोजगार सेवा केन्द्र का रोजगार संयोजक , वडा अध्यक्ष तथा वडा सचिव ज्यूहरु संग सम्बन्धित वडाहरुमा तपसिल बमोजिमका विषय वस्तुहरुमा रहेर, अन्तरकृया , छलफल तथा स्थल भ्रमण कार्यक्रम सम्पन्न गरियो ।
तपसिल :
1. आ. व २०८३/०८४ का लागि बेरोजगार दर्ता फारम भर्ने सम्बन्धमा छलफल तथा अन्तरकृया सम्पन्न ,
2. बैदेशिक रोजगारीलाइ सुरक्षित , ब्यबस्थित तथा मर्यादित बनाउने उदेश्यले गहन अभिमुखिकरण कार्यक्रम ऐ ऐ वडाहरुको कुन स्थानमा ?कहिले ? र कसरी गर्ने बारे सम्बन्धमा छलफल ,
3. सुचिकृत बेरोजगारहरु मध्यबाट न्यूनतम १०० दिनको रोजगार सम्बन्धमा आ.व. २०८२ का लागि सम्झौता भयको आयोजनाको स्थलगत भ्रमण कार्यक्रम गरिएको सम्बन्धमा ।
मिति २०८२/११/२६ गते सम्पन्न ११६ औँ अन्तराष्ट्रिय महिला दिवस २०८२ को अवसरमा महिला सञ्जालका प्रतिनिधिहरुको लागि आयोजित महिला अधिकार तथा महिला स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम
- 1 of 11
- next ›