समाचार
फोटो ग्यालरी
मर्स्याङ्दी करिडोर, गण्डकी प्रदेशको Socio-Economic Tour को क्रममा त्रिभुवन विश्वविद्यालय, स्कूल अफ म्यानेजमेन्ट (SOMTU) का MBA-IT तर्फका १६ जना विद्यार्थीहरू तथा संकाय सदस्य श्री सुभाष न्यौपाने ज्यू बेसीशहर नगरपालिका कार्यालय अवलोकनका लागि उपस्थित हुनुभएको थियो। यस अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायत कर्मचारीहरूसँग नगरपालिकामा ICT को प्रयोग तथा विभिन्न कार्यक्षेत्रमा यसको कार्यान्वयनबारे सार्थक छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ। यहाँहरूबाट प्राप्त सुझाव, प्रतिक्रिया तथा स्थानीय सरकारप्रतिको सकारात्मक जिज्ञासाका लागि विद्यार्थी साथीहरू र संकाय सदस्यलाई बेसीशहर नगरपालिका हार्दिक धन्यवाद व्यक्त गर्दछ।
बेशिसहर नगरपालिका कृषि विकास शाखाको आ.व. २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम “पुरानो मौरी मिनिपकेट निरन्तरता” अन्तर्गत मिनिपकेट सञ्चालन गर्दै आएको वडा नं. ६, पुमा गाउँमा अवस्थित सफल कृषक समूहको २०८२/०९/१७ गते नगर उपप्रमुखज्यूको संयोजकत्वमा नगरस्तरीय अनुगमन गरी समूहको निर्णय बमोजिम गोला वृद्धि गर्ने उद्देश्यका साथ ८ जना कृषकलाई ५०% अनुदानमा जम्मा २३ वटा मौरीका खालीघार वितरण गरिएको छ।
बेसीशहर नगरपालिकाको चालु आ.व.२०८२्/०८३ को प्रथम चौमासिक प्रगति समिक्षा गोष्ठी २०८२ पुस ६ गतेका
दिन सम्पन्न भएको छ । प्रमुख प्रशासकीय अधिकृत श्री सुमन अधिकारीको अध्यक्षतामा तथा नगर प्रमुख
गुमानसिंह अर्याल र उप प्रमुख पद्मा गुरुङको विशेष उपस्थितिमा भएको उक्त गोष्ठीमा वडाध्यक्षहरु,
कार्यपालिका सदस्यहरु तथा शाखा प्रमुख कर्मचारीहरु गरी जम्मा ३४ जनाको सहभागिता रहेको थियो ।
गोष्ठीमा १५ जना शाखा प्रमुखहरुले आ आफ्नो शाखासंग सम्बन्धित प्रगति विवरण लगायत मुख्य मुख्य
उपलब्धी तथा समस्या र चुनौतीहरु र समस्या समाधानका लागि गरिएका प्रयासहरुमा जोड दिई प्रस्तुतीकरण
गर्नु भएको थियो। नगरपालिकाको सभाहलमा भएको उक्त कार्यक्रममा समस्या समाधानमा जोड दिई दोश्रो
चौमासिक अवधीमा अझ प्रभावकारी तवरबाट कार्य गर्ने निर्णय भएको थियो ।
- 1 of 9
- next ›