"व्यवसायिक कृषि, पर्यटकिय एतिहासिक नगर, सफा हरावरा सम्वृद्ध हाम्रो वेसीशहर"         वेसीशहर नगरपालिका कार्यालयको आधिकारिक वेबसाइटमा यँहालाई स्वागत छ ।         सूचना तथा समाचार, तथा तपाईका गुनासाहरु यस माध्यमबाट पनि राख्न सकिन्छ ।

यस वेसीशहर नगरपालिकाको वेबसाइटमा स्वागत छ

यस वेबसाइटबारे तपाईका केही प्रतिक्रिया, गुनासो र सुझाव भएमा  यस लिंकमा गई राखी दिनुहोला |

संक्षिप्त परिचय

पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने १६ जिल्लाहरु मध्ये लमजुङ जिल्ला एक हो । यो मध्ये पहाडी क्षेत्रमा अवस्थित छ । ईतिहासमा वाईसी चौविसे राज्यहरु मध्ये लमजुङ एउटा राज्य थियो र तत्कालीन शाहवंशीय राजतन्त्रको उद्गम स्थल हो ।

प्राकृतिक रुपले सुन्दर र स्रोत साधनहरुको भरिपूर्ण स्थल लमजुङका तत्कालिन ६१ गा.वि.स.हरु मध्ये नेपाल सरकारको मिति २०७१ बैशाख २५ गतेको निर्णय अनुसार साविकका उदीपुर , गाउंशहर , बेसीशहर र चण्डीस्थान गा.वि.स.हरु समावेश गरी मिति २०७१ जेठ १ गते यस बेसीशहर नगरपालिकाको स्थापना भएको हो ।  यसमा समावेश भएको तत्कालिन बेसीशहर गा.वि.स. लमजुङ जिल्लाको सदरमुकाम पनि हो ।